बलात्कार आरोपी पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | Khabarhub Khabarhub

बलात्कार आरोपी पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सोमबार अदालतले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बाल बालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

प्रहरीले पाण्डेलाई शनिबार काठमाडौँको स्वयम्भुबाट पक्राउ गरेको थियो । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले प्रहरीले आरोपित पाण्डेलाई सोमबार अदालतमा उपस्थित गराएको हो ।

 २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ४७ बजे

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो