खैरो हिरोइनसहित ६ जना पक्राउ « Khabarhub

खैरो हिरोइनसहित ६ जना पक्राउ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले खैरो हिरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ, झापाका २४ वर्षीय योगेशकुमार सेलिङ, झापाका १९ वर्षीय हरदीप राजवंशी र भारतको पश्चिम बङ्गालका २३ वर्षीय अर्जुन रोयलाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अवैध रुपमा लागूऔषध कारोबार गरेको अभियोगमा झापा र काठमाडौँबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको खैरो हेरोइनको मूल्य अन्दाजी रु २४ लाख ६० हजार बराबर रहेको ब्युरोले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : ५६ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६