खैरो हिरोइनसहित ६ जना पक्राउ « Khabarhub

खैरो हिरोइनसहित ६ जना पक्राउ


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले खैरो हिरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका ३४ वर्षीय कर्णबहादुर सेलिङ, झापाका २४ वर्षीय योगेशकुमार सेलिङ, झापाका १९ वर्षीय हरदीप राजवंशी र भारतको पश्चिम बङ्गालका २३ वर्षीय अर्जुन रोयलाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार अवैध रुपमा लागूऔषध कारोबार गरेको अभियोगमा झापा र काठमाडौँबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेका व्यक्तिको साथबाट बरामद गरिएको खैरो हेरोइनको मूल्य अन्दाजी रु २४ लाख ६० हजार बराबर रहेको ब्युरोले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : ५६ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको