अघिल्लो चुनावमा जसबाट हारे, अहिले उसैलाई हराए « Khabarhub

अघिल्लो चुनावमा जसबाट हारे, अहिले उसैलाई हराए


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्मेदवार श्‍यामकुमार श्रेष्‍ठ ७ हजार ९०८ मत ल्याई विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार देव नाथ साहलाई २ हजार २०७ मतान्तरले पराजित गरेका हुन् । साहले ५ हजार ७०१ मत मात्र पाए ।

श्रेष्ठ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा साहसँगै पराजित भएका थिए। साहले श्रेष्ठलाई १ हजार ३५४ मतले हराएका थिए ।

उपप्रमुखमा एमालेकै उम्मेदवार मान्‍ती साह ७ हजार ७०३ मत सहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार रेशमकुमारी थापाले ५ हजार ६४३ मत पाइन् । थापा पनि निवर्तमान उपमेयर हुन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : ४० बजे

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको

पार्टी हितविपरीत लागेका रास्वपाका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार

जनप्रतिनिधिका काम प्रभावकारी बनाउँदै सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउँदै सरकारलाई सशक्ति

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा