शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबको तेस्रो जित « Khabarhub

शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबको तेस्रो जित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा खालीबारीले सानेपा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीको जितमा जोर्डन पुन मगर र सन्दीप गुरुङले १–१ गोल गरे । खालीबारीका जोर्डन म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा स्वयम्भु क्लब र महावीर क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।

स्वयम्भु तेस्रो जितको खोजीमा छ भने महावीर पाँचौँ जित निकाल्न चाहन्छ । ९ अंकसहित स्वयम्भु तालिकाको ११ औँ स्थानमा छ भने महावीर १५ अंकसहित पाँचौँ स्थानमा छ । वीरगंज युथ एकेडेमी र प्लानिङ ब्वाइज युनाइटेड दिउँसो ४ बजे भिड्नेछन् । वीरगञ्ज दोस्रो जितको खोजीमा छ भने प्लानिङ छैटौँ जित निकाल्न चाहन्छ । 

अंकसहित वीरगंज १३ औँ स्थानमा छ भने १९ अंकसहित प्लानिङ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : १२ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४