असार १० मा 'घनचक्कर' (ट्रेलर)  | Khabarhub Khabarhub

असार १० मा ‘घनचक्कर’ (ट्रेलर) 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–आउँदो महिना असारको १० गतेलाई प्रदर्शन तय गर्दै फिल्म ‘घनचक्कर’ को ट्रेलर रिलिज भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा प्रेम र पैसाको लागि युवाहरुबीचको ‘घनचक्कर’ लाई प्राथमिकता दिइएको छ । अभिनेता सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायत समेटिएका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेता सौगात मल्लले फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । मैले निर्वाह गरेको अन्य फिल्म भन्दा यो फरक छ’ सौगातले भने । अर्का अभिनेता जेबी डिसीले पनि फिल्मले दर्शकलाई निराश नबनाउने बताए । ‘फिल्मले उपत्यकाको कथा भन्छ । यहाँ रमाइलो शैलीमा केही सन्देश पनि दिएका छौँ’ उनले भने ।

अर्जुन सिंहको कथामा बनेको फिल्ममा सम्पादन मित्र डि गुरुङको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् । श्रीराम बालाजी फिल्मस् ले यो फिल्मको वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ३ : ५० बजे

रघुजी पन्तलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- गुणस्तरीय शिक्षाका लागि यात्रा जारी छ

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या

आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत विषयमा सम्झौता

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

काठमाडौं– विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु

चुलिँदो तनाव- भारतपछि पाकिस्तानको जवाफी कारबाही, सिमाना बन्द, कयौँलाई देश छाड्न आदेश

काठमाडौं- जम्मू-कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान जाने गरी मंगलबार