घरजग्गा कारोबारका लागि छुट्टै संस्था बनाउने सरकारको योजना « Khabarhub

घरजग्गा कारोबारका लागि छुट्टै संस्था बनाउने सरकारको योजना


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ । अत्यधिकरुपमा घरजग्गाको कारोबार भएको र अनधिकृतरुपमा मूल्यवृद्धि भएको गुनासोका बीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

घरजग्गाको कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने सरकारको योजना छ । विद्यमान व्यवस्थानुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न लागिएको हो ।

त्यस्तै, सरकारले लेखापरीक्षणलाई वस्तुगत र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग तथा लेखा परीक्षणकको क्षमता अभिवृद्धि गरिनेछ । आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु कम गर्ने लक्ष्य राखिएको छ ।

आगामी आवको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकाङ्क्षालाई पूर्णरुपमा आत्मसात् गरेको उल्लेख गरिएको छ । कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण हुने सरकारको विश्वास छ ।

त्यस्तै, नेपालको संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तह र वडाको निर्वाचन सम्पन्न भएकामा प्रसन्नता व्यक्त गरिएको छ ।

पहिलो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेका वडामा समेत यसपटक निर्वाचन सम्पन्न भएको विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको उल्लेख छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : ०५ बजे

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र