नेपाल टी- २० खेल्ने ६ टिमको नाम सार्वजनिक « Khabarhub

नेपाल टी- २० खेल्ने ६ टिमको नाम सार्वजनिक


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी– २० लिगको टिमको नाम सार्वजनिक गरेको छ । क्यानको बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाम टुंगोसहित सार्वजनिक गरेको हो । 

प्रतियोगिता ८ असोजबाट ५ कात्तिकसम्म हुने यस अघि नै क्यानले निर्णय गरेको थियो । लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न नाम घोषणा गरेको छ । 

यसअन्तर्गत रहेर क्यानले टिम नाम बेच्ने छ र मालिकसमेत सार्वजनिक गर्नेछ । यसपछि भने खेलाडी अक्सन हुनेछ । 

यसअघि नै क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम खेलाडीको अक्सन न्यूनतम ५ लाखबाट अधिकतम १५ लाखसम्म हुने बताएका छन् । 

प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेको थियो । क्यानले यस प्रतियोगिता आयोजना गर्ने भएसँगै यसअघि सञ्चालनमा आएका तीन फ्रेन्चाइज प्रिमियर लिगले राष्ट्रिय मान्यता नपाउने भएका छन् । 

नेपालमा सञ्चालनमा आएका एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) ले अब क्षेत्रीय लिगको संरचनामा गएमात्रै मान्यता पाउनेछन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : ०१ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक