संवादसहित फिल्म 'मानिस ठूलो दिलले हुन्छ' बन्ने  | Khabarhub Khabarhub

संवादसहित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पहिलो पटक संवादसहित गीति फिल्म निर्माण हुने भएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को मंगलबार एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । मुहूर्त सट कलाकारहरू अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् ।

सौरपानी मिडिया प्रा.लि. को ब्यानरमा निर्माण हुने फिल्मको आजबाट छायांकन सुरु भएको छ । यसमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । यसलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा फिल्म निर्माण हुन लागेको हो । यसमा केही प्रतिशत संवाद पनि हुनेछ ।

क्यानडाको लागि नेपाली सांस्कृतिक दूतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका  फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक गायिकाहरूको स्वर रहेको छ ।

यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्म भन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे । सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई छ । सम्भवतः संवादसहित यो लम्बाइमा यसअघि गीति फिल्म निर्माण भएका छैनन् । करिब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : ३० बजे

सत्तारुढ कांग्रेसनिकट विद्यार्थीले घेरे प्रधानमन्त्री, निवास ८ जना पक्राउ 

काठमाडौं– नेपाल शिक्षक महासंघको काठमाडौंमा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा

शेरबहादुर स्मृति महिला भलिबलमा एपीएफद्वारा एभरेष्ट पराजित

काठमाडौं– काठमाडौंमा जारी आठौँ शेरबहादुर स्मृति महिला भलिबल प्रतियोगितामा एपीएफ

राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई

‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिस ०८४ मा लागिसक्यो’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूले सरकार जान्छ जान्छ भनेर

वार्तामार्फत शिक्षकको समस्या समाधान गरिन्छ : नवनियुक्त शिक्षामन्त्री

काठमाडौं– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकको समस्या समाधान गर्ने