नेप्सेमा दोहोरो अङ्कले सुधार | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कले सुधार


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अङ्कले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अङ्कले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ ।

सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अङ्कले बढेर ४३५ दशमलव ०९ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा भने र कारोबार सङ्ख्या निरन्तर खुम्चिँदै गएको छ।

बुधबार नेप्सेमा  बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा मंगलबार १ अर्ब ८ करोड ८८ लाख  रुपैयाँ र सोमबार १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो  ।

नेप्सेमा निरन्तर सेयर कारोबार संख्यासमेत ओरालो लागेको छ । मंगलबार २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने मंगलबार ३१ लाख ७३० कित्ता कित्ता र सोमबार ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको थियो बुधबार नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६६  कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ५२ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ८ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा