‘मेरो काम कलाकारिता गर्ने हो’  « Khabarhub

‘मेरो काम कलाकारिता गर्ने हो’ 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्लले आफूले पाएको भूमिकालाई जीवन्त रुपमा निर्वाह गर्छन् । उनको अभिनयको चर्चा बेलाबखतमा हुने गर्छ ।

कहिले कहीँ ‘टाइप कास्ट’ को आरोप समेत खेप्ने सौगातलाई ‘हाकु काले’ को रुपमा दर्शकले चिन्छन् । ‘लूट’ पश्चात् सौगातको बढेको गति रोकिएको छैन । यद्यपि उनले सफलता पाएको फिल्मको सङ्ख्या निकै कम छ ।

यस विषयमा सौगात क्लियर छन् । ‘मैँले आफूले पाएको भूमिकालाई निभाउने हो । त्यसलाई राम्रो बनाउन मेहनत गर्ने हो । बाँकी बिजनेसको हिसाबकिताब म बुझ्दिन’ सौगातले भने । उनलाई फिल्मले गर्ने कमाइ भन्दा पनि पाउने प्रतिक्रियाको चासो हुन्छ । ‘मैँले बुझ्ने भनेको आफूले पाउने क्यारेक्टरमा गरेको काम नै हो । व्यापार त कलाकारले बुझ्ने होइन’ सौगातले भने । ‘मलाई त काम गर्न प्यारो लाग्छ ’ उनले भने ।

 सौगात अभिनीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : २१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट