अवैध आप्रवासी नियन्त्रण गर्न मेक्सिकोका राष्ट्रपतिले १५ करोड अमेरिकी डलर पर्ने विमान बेच्दै « Khabarhub

अवैध आप्रवासी नियन्त्रण गर्न मेक्सिकोका राष्ट्रपतिले १५ करोड अमेरिकी डलर पर्ने विमान बेच्दै


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मेक्सिकोका राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले अवैध आप्रवासी नियन्त्रण गर्न आफूले प्रयोग गर्दै आएको विमान बेच्ने घोषणा गरेका छन् । उनले विमान बेचेर आएको नाफा गैरकानुनी आप्रवासन नियन्त्रणमा खर्च गर्ने घोषणा गरेका हुन् ।

अमेरिकाले बढाउन सक्ने करबाट जोगिन मेक्सिकोले अवैध रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको प्रवाह रोक्न सहमति गरिसकेको बीबीसीले जनाएको छ । वामपन्थी पृष्ठभूमिका राष्ट्रपति ओब्राडोरले विमान बिक्रीबाट उठ्ने रकम गरिब जनतालाई सहयोग गर्न उपयोग गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। उनी चढ्दै आएको बोइङ ड्रीमलाइनर ७८७ विमानको अनुमानित मूल्य १५ करोड अमेरिकी डलर रहेको बताइएको छ।

सन् २०१८ मा राष्ट्रपतीय निर्वाचन अभियानमा ओब्राडोरले उक्त विमान बेच्ने प्रतिबद्धता जनाएका थिए। झन्डै २२ करोड अमेरिकी डलर तिरेर मेक्सिकोले सन् २०१६ मा उक्त विमान किनेको थियो। ओब्राडोरले आफू सार्वजनिक विमान चढ्ने घोषणा राष्ट्रपतिको पदभार ग्रहण गर्दा गरेका थिए। सात महिनादेखि बिक्रीमा राखिएको विमान हाल क्यालिफोर्नियामा छ। यस बाहेक मेक्सिकोले ६० वटा सरकारी विमान र ७० वटा हेलिकोप्टर पनि बिक्री गर्न खोजिरहेको छ।

मेक्सिकोका नागरिकहरूले भने सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध गरेका छन्। केही प्रयोगकर्ताहरूले जनताको करबाट किनेको विमान बेचेर अन्य देशका आप्रवासीहरूमा खर्च गर्ने घोषणाको आलोचना गरेका छन्। अन्य केही प्रयोगकर्ताहरूले भने छ महिनामा खरिदकर्ता नभेटेको विमानले ४५ दिनमा भेट्ने सम्भावना न्यून रहेको प्रतिक्रिया व्यक्त गरेका छन्।

मेक्सिकोले ४५ दिनभित्र अमेरिका प्रवेश गर्ने आप्रवासीको प्रवाह रोक्ने सहमति अमेरिकासँग गरेको छ। यदि त्यसो गर्न असफल भए सहमतिअनुसार मेक्सिकोले आफ्नो भूमि हुँदै शरण खोज्न अमेरिका जान लागेका आप्रवासीबाट ‘सुरक्षित तेस्रो मुलुक’ बनेर शरणको आवेदन लिनुपर्नेछ। आप्रवासीहरू मेक्सिको हुँदै अमेरिका छिर्ने गरेका छन्। यही विषयमा दुई देशबीच तनाव चर्किएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ३८ बजे

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख