पाक विदेशमन्त्री- ‘एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुनेछ’ « Khabarhub

पाक विदेशमन्त्री- ‘एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुनेछ’


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उनले भारतसँग पाकिस्तानको सम्बन्ध राम्रोसँग अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन् ।

‘आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरी समृद्धिको फल बाँड्नेछौँ’ भारतसहितका छिमेकीसँग आर्थिक  एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भने ।

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तर्राष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले कुनै न कुनै दिने छिमेकी भारतसँग कूटनीतिक रुपमा मात्र नभई आर्थिकरूपमा पनि संलग्न हुने बताए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ५६ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ