'सलार' मा बढाइयो एक्सनको बजेट | Khabarhub Khabarhub

‘सलार’ मा बढाइयो एक्सनको बजेट


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् ।

उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए । यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो  ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ छायांकनकै क्रममा रहेकाले निर्देशक प्रशान्तले यसलाई झनै भव्य बनाउने कोशिस गरिरहेका छन् ।

२ सय करोड बजेट लाग्ने अनुमान गरिएको फिल्ममा एक्सन दृश्यकै लागि ४० करोड थपिएको छ ।बलिउड लाइफले केजीएफ : च्याप्टर २ भन्दा बढी एक्सनमा भव्यता देखाउनु पर्ने भएकाले ४० करोड थपिएको बताएको छ । केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । यो फिल्म आउँदो वर्ष रिलिज हुनेछ । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।  

केजीएफ : च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान समेत फ्यानले लगाएका छन् ।  ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : ३५ बजे

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला (तस्बिरहरू)

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा तत्कालीन  राजा

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड

म्याग्दी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि

झापामा तीन जनाको शव फेला

झापा– झापामा बुधबार भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको