‘सलार’ मा बढाइयो एक्सनको बजेट « Khabarhub

‘सलार’ मा बढाइयो एक्सनको बजेट


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केजीएफ : च्याप्टर २’ रिलिज भएसँगै दर्शक माझ निर्देशक प्रशान्त नीलको क्रेज बढ्दो छ । केजीएफबाट नै आफ्नो फ्यान बनाउन सफल यश यसपटक पनि उस्तै देखिएका छन् ।

उनको फिल्मलाई दर्शकले इन्जोय गरे। यो फिल्ममा यश झैँ निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा भयो । सिक्वेल फिल्मले दर्शकको अपेक्षा पुरा गर्छ वा गर्दैन भन्ने डरकै बीच रिलिज भएको फिल्मलाई दर्शकले रुचाए । यसपछि प्रशान्तको निर्देशनमा रिलिज हुने नेक्स्ट फिल्म हो  ‘सलार’ । यसमा प्रभास छन् । साउथ इन्डियन फिल्मका दुई स्टारसँग प्रशान्तले काम गरिरहेका छन् । ‘सलार’ छायांकनकै क्रममा रहेकाले निर्देशक प्रशान्तले यसलाई झनै भव्य बनाउने कोशिस गरिरहेका छन् ।

२ सय करोड बजेट लाग्ने अनुमान गरिएको फिल्ममा एक्सन दृश्यकै लागि ४० करोड थपिएको छ ।बलिउड लाइफले केजीएफ : च्याप्टर २ भन्दा बढी एक्सनमा भव्यता देखाउनु पर्ने भएकाले ४० करोड थपिएको बताएको छ । केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । यो फिल्म आउँदो वर्ष रिलिज हुनेछ । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।  

केजीएफ : च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान समेत फ्यानले लगाएका छन् ।  ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : ३५ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६