२० हजार करोडको घोटालामा ‘स्क्याम : २००३’ बन्दै  « Khabarhub

२० हजार करोडको घोटालामा ‘स्क्याम : २००३’ बन्दै 


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनमा ओटीटीमा दर्शक बढे । घरमै रहनु पर्ने बाध्यता भएकाले मनोरञ्जनको लागि ओटीटीका विभिन्न प्रदायकहरू दर्शकको रोजाइमा परे ।

नेटफ्लिक्स, डिज्नी प्लस हटस्टार, अमेजन प्राइम जस्ता प्लेटफर्मले बढ्दो दर्शकलाई देखेर कन्टेनमा समेत उत्तिकै लगानी गरे । त्यसैकारण दर्शक माझ यी प्लेटफर्महरु लोकप्रिय भए । 

हलमा आउन तयार फिल्मलाई ओटीटीमा ल्याइयो । यसले गर्दा पनि दर्शक माझ प्रतीक्षा त हुने नै भयो । यसैक्रममा भारतलाई नै टार्गेट गरिएको ओटीटी सोनी लिभमा ‘स्क्याम स् २००३’ आयो । सोनी टेलिभिजनका शोहरु सहित केही फिल्म रहेको सोनी लिभमा आएको यो शो ले राम्रो दर्शक पायो । सिरिज हेरेका आधिकांशले एकले अर्कालाई रिफर गर्न थाले । 

लकडाउनको समयमा आइपिओ र शेयर बजारमा घरमै रहेर लगानी गरिरहेकालाई सिरिज उपयोगी बन्यो । फलत: सोनी लिभलाई नै फाइदा पुग्यो । यिनै हंसल मेहताले नयाँ सिरिज घोषणा गरेका छन् । यो सिरिज सन् २००३ मा खुलासा भएको स्ट्याम्प पेपर स्क्यामलाई आधारित छ । त्यो समयमा अब्दुल करिम तेलगीले २० हजार करोडको घोटाला गरेका थिए । 

पत्रकार संजय सिंहद्वारा लिखित पुस्तक ‘रिपोर्टर की डायरी’ मा आधारित रहेर सिरिज तयार भइरहेको छ । यद्यपि सिरिजलाई हंसलले नभई तुषार हिरानंदानीले निर्देशन गरेका छन् । सिरिजको एनाउन्समेन्ट टिजर सार्वजनिक गर्दै निर्माण पक्षले जानकारी दिएको छ । यसमा तेलगीको भूमिकालाई गगन देव रियारले गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  २ : ५८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६