बाइडेनले गोलिकाण्ड भएको विद्यालयको भ्रमण गर्ने « Khabarhub

बाइडेनले गोलिकाण्ड भएको विद्यालयको भ्रमण गर्ने


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिन अघि गोलिकाण्ड मच्चिएको टेक्सस राज्यको विद्यालयको भ्रमण गर्ने भएका छन् ।

२१ जनाको ज्यान जानेगरी भएको सो नरसंहारको निरीक्षणका लागि उनी यही आइतबार त्यहाँ जान लागेको जनाइएको छ ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले आइतबार सो विद्यालयको भ्रमण गर्नेछन् ।

उनीहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेको जनाइएको छ ।

केही दिनअघि अमेरिकाको टेक्सस राज्यमा रहेको प्राथमिक विद्यालयमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।

गत मंगलबार दिउँसो भएको घटनामा मारिनेमा १८ जना बालबालिका समेत रहेका थिए । घटनामा कैयौँ घाइते भएका थिए ।

टेक्सस राज्यको युभाल्डेस्थित रोब प्राथमिक विद्यालयमा एकजना किशोरले गोली चलाउँदा घटना भएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  २ : २५ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको