‘इच्छुक’ को योगदानको यसरी गरियो स्मरण     | Khabarhub Khabarhub

‘इच्छुक’ को योगदानको यसरी गरियो स्मरण    


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीद्वारा कृष्ण सेन ‘इच्छुक’को २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ ।

कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याएकामा जोड दिए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकाजी गुरुङले निर्भिकताका साथ लेखनका माध्यमबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गरेको योगदान सधैँ स्मरणीय हुने बताए ।

प्रेस सेन्टर नेपालका सल्लाहकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कोमलनाथ बरालले समाजको रुपान्तरणमा कलमका माध्यमबाट योगदान गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण इच्छुक रहेको धारणा राखे । पेसागत हितलाई पत्रकारले सधैँ आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारितामा दलीय नभई जनताको पक्षधरता हुनुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार एवं साहित्यकार सुरेश रानाभाटले निर्भिकताका साथ जनताको पक्षमा कलम चलाउने इच्छुकको लेखन वैचारिक स्पष्टतासँगै मिठासपूर्ण रहेको चर्चा गरे ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : ०६ बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको