भित्री वस्त्रविना नै समाचार पढेपछि भाइरल बने यी ‘न्यूज एंकर’ | Khabarhub Khabarhub

भित्री वस्त्रविना नै समाचार पढेपछि भाइरल बने यी ‘न्यूज एंकर’


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुन्दा अचम्म लाग्ला, हेर्दा झन चकित पार्छ । तर वास्तविकता हो । अल्बानियाको एक टेलिभिजनमा कार्यरत समाचार प्रस्तोताले भित्रि वस्त्र विना नै समाचार वाचन गर्छन् ।

अल्बानियाको ‘फायर’ टेलिभिजनले यस्तो नियम ल्याएको तीन वर्ष भयो । पहिले–पहिले पुरै कपडा लगाएर समाचार वाचन गरिने भए तापनि तीन वर्ष यता भने सवै ‘न्यूज एंकरहरु’ले भित्री वस्त्र विना नै समाचार वाचन गरिरहेका छन् ।

रमाइलो कुरा त के छ  भने समाचार पढ्ने सवैलाई समान नियम बनाइएको छ । चाहे पुरुष होस् वा महिला नै किन नहुन् भित्री वस्त्र विना नै समाचार वाचन गर्नुपर्छ ।

तीन वर्ष पहिलेदेखि यसरी समाचार वाचन गर्ने नयाँ तरिका ल्याइए पनि केही समय यता यो टेलिभिजनमा कार्यरत एक समाचार वाचिक भने अहिले निकै भाइरल भएकी छिन् ।

उनको समाचार पढ्ने शैलीले भन्दा पनि भित्री वस्त्र विनाको समाचार वाचनले चर्चा बटुलेकी हुन् । उनी हुन्– २४ वर्षीया ग्रेटा होक्सा ।

समाचार वाचनका क्रममा उनले एउटा ब्लेजरमात्र लगाएकी हुन्छिन् । शुरुमा उनी केही हेडलाइन पढ्छिन् । उनको पहिरनले भित्री अंग छोप्न मुस्किल परिरहेको अवस्था हुन्छ ।

समाचार पढ्नु अगाडि उनले भनेकी थिइन्, ‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु ? हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’

यो टेलिभिजन च्यानलले समाचारको प्रभाविकारिताका लागि तीन वर्षको अवधिमा होक्सा जस्ता धेरै समाचार प्रस्तोता तयार पारिसकेको छ । त्यस्तै, होक्सालाई माथ खुवाउने समाचार प्रस्तुत गर्थिन् अर्की समाचार वाचिका– इन्की ब्राकाज ।

समाचार वाचनको समयमा उनी झन बोल्ड बन्थिन् । बोल्ड शरीरकै कारण ‘प्लेब्वाई म्यागेजिन’मा तस्वीर खिचाएपछि उनले टेलिभिजनको जागिरबाट हात धुनु परेको थियो । टेलिभिजनको नियम उलंघन गरेको भन्दै उनलाई टेलिभिजन व्यवस्थापनले  जागिरबाट निकालिदिएको थियो ।

यो टेलिभिजनमा कार्यरत प्रमुख प्रस्तोताहरु टपलेस भएर समाचार वाचन गर्दा हुनसक्ने सम्भावित दुर्घटनाप्रति व्यवस्थापक कत्ति पनि चिन्तित छैनन् । किनकी अहिलेसम्म कुनै घटना घटेको पनि छैन र त्यहाँका स्थानीयले समेत समाचारको नयाँ शैलीलाई साथ दिएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३७ बजे

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर