डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा  « Khabarhub

डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा 


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् ।

निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा राजधानीबासीले समस्या भोग्दै आएका छन् ।

स्थानीय तह निर्वाचनमा जाँदा प्राय उम्मेदवारले निर्वाचित भए फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । नवनिर्वाचित मेयर बालेनको पनि फोहोर व्यवस्थापन गर्ने योजना थियो । उनी निर्वाचित भएको आजै निर्वाचन आयोगले घोषणा गरेको हो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : ४३ बजे

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका