गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता | Khabarhub Khabarhub

गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार भएको पाँच किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तु वाणगंगा बहुमुखीक्याम्पस, लौगाईका अजय पाण्डेले जितेका छन् ।

उनले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटरको दूरी पार गरे। प्रतियोगितामा नवीन औधोगिक माविमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दूरी  १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए। त्यस्तै, कालिका मानवज्ञानका राजनबलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दूरी पार गरेका थिए।

यसैगरी, महिलातर्फ घोराहीकी अनिषाचौधरी प्रथम भईन । उनले २२ मिनेट २७ सेकेन्डमा दूरी पार गरेकी थिईन । कालिकाकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भईन। कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दूरी पार गरी प्रतियोगितामा तेस्रो भईन । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारसँगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम आयोजना गरिएको परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । खेलाडीहरूलाई आर्थिक रुपमा सबल हुने गरी सरकारको योजना र कार्यक्रमहरू अघि बढेको उनको दाबी छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्रबाट आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा एक समारोहबीच  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताए । दौडमा रूपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मीलगायतका एक सयभन्दा बढी खेलाडीहरू सहभागी थिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ०० बजे

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई

चितवनमा फूल आयात रोक्न माग

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित

अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्याधिक