‘बालेन र हर्क साम्पाङ संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फक्रेका फूल हुन्’’ : प्रचण्ड « Khabarhub

‘बालेन र हर्क साम्पाङ संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फक्रेका फूल हुन्’’ : प्रचण्ड


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका नवनिर्वाचित मेयरलाई बधाइ दिएका छन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बधाई दिएका हुन् ।

निर्वाचनमा यी दुईमात्रै वास्तविक स्वतन्त्र उम्मेदवार रहेको बताउँदै उनले उनीहरूका पछाडि कुनै पार्टीका नेता कार्यकर्ता पछि लागेर हिँडेको नदेखिएको उनले बताए ।

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएको उदाहरण दिँदै उनले साहका पछाडि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू लागेको उल्लेख गरे ।

‘‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा दुईटा नयाँ फूल फक्रिएको ठान्छु म चैँ ।’’ उनले भने ।
यद्यपि यसलाई राजनीतिक दललाई चुनौतीका रुपमा बुझ्न चाहीँ नहुने उनको तर्क छ ।

तैपनि उनले यसलाई आफ्ना कमीकमजोरी सच्याउने अवसर र चुनौतीका रुपमा लिइनुपर्ने बताए ।

त्यसपछि उनले दुबै मेयरलाई बधाई दिँदै आगामी दिनहरूमा जनताका भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने र राजनीतिक दलहरुसँग समदूरीको सम्बन्धसहित सबैको सहयोग जुटाउन सकून् भनी शुभकामना पनि दिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : ४६ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष