गोकर्ण विष्टको प्रश्न – निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन? « Khabarhub

गोकर्ण विष्टको प्रश्न – निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन?


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

स्थानीय तह निर्वाचनमा देखा परेको खर्च प्रवृत्तिले जनताको जनादेशलाई माफियाको हातमा पुर्‍याउने अवस्था भएको बताए। 

‘स्थानीय तहको निवार्चनमा जुन प्रकारले खर्च प्रवृत्ति देखा परेको छ, एक प्रकारले भन्ने हो भने वडामा निर्वाचन लड्नका लागि उम्मेदवारहरूले जुन लाखौं, करोडौं खर्च गर्नपर्ने देखा परेको छ,’ उनले अघि भने, ‘यसले घुमाइफिराई लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र जनताको जनादेशलाई माफियाको हातमा, दलालको हातमा सुम्पने अवस्था पैदा भएको छ। यसप्रति हाम्रो ध्यान जानु आवश्यक छ।’

‘निर्वाचन प्राणालीमा पुनरावलोकन गर्नपर्ने अवस्था त छैन ? यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘कतै हामीले सम्पूर्ण हिसाबले पूर्ण समानुपातिक निर्वाचनतिर जाने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने हिसाबले निर्वाचन प्रणालीलाई बदल्नुपर्ने आवश्यकता त छैन?हामीलाई निर्वाचनले घण्टी बजाएको छ।’

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ४ : ४९ बजे

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआउँदासम्म अस्पतालबाट शव नलैजाने अडान

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई