गोकर्ण विष्टको प्रश्न - निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन? | Khabarhub Khabarhub

गोकर्ण विष्टको प्रश्न – निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन?


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले निर्वाचन प्रणालीमा पुनरावलोकन गर्नुपर्ने अवस्था त छैन? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभा बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। 

स्थानीय तह निर्वाचनमा देखा परेको खर्च प्रवृत्तिले जनताको जनादेशलाई माफियाको हातमा पुर्‍याउने अवस्था भएको बताए। 

‘स्थानीय तहको निवार्चनमा जुन प्रकारले खर्च प्रवृत्ति देखा परेको छ, एक प्रकारले भन्ने हो भने वडामा निर्वाचन लड्नका लागि उम्मेदवारहरूले जुन लाखौं, करोडौं खर्च गर्नपर्ने देखा परेको छ,’ उनले अघि भने, ‘यसले घुमाइफिराई लोकतन्त्र, लोकतान्त्रिक अभ्यास र जनताको जनादेशलाई माफियाको हातमा, दलालको हातमा सुम्पने अवस्था पैदा भएको छ। यसप्रति हाम्रो ध्यान जानु आवश्यक छ।’

‘निर्वाचन प्राणालीमा पुनरावलोकन गर्नपर्ने अवस्था त छैन ? यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘कतै हामीले सम्पूर्ण हिसाबले पूर्ण समानुपातिक निर्वाचनतिर जाने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छान्ने हिसाबले निर्वाचन प्रणालीलाई बदल्नुपर्ने आवश्यकता त छैन?हामीलाई निर्वाचनले घण्टी बजाएको छ।’

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ४ : ४९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता