कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड | Khabarhub Khabarhub

कान्समा ‘लोरी’लाई जुरी स्पेशल मेन्सन अवार्ड


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालबाट पहिलो पल्ट कान्स फिल्म फेस्टिभलमा अफिसियिल्ली छानिएर इतिहास बनाएको अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ ले अवार्ड जितेको छ । कान्ससम्मको यात्राकै कारण चर्चामा रहेको ‘लोरी’ ले पुरस्कार जितेपछि नेपाली फिल्मकर्मीहरूले सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन् । सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट स्पेसल मेन्सन अवार्ड प्राप्त गरेको हो । ‘लोरी’ ले १ सय ४० देशबाट सहभागी भएको ३ हजार ५ सय ७ फिल्मबाट उत्कृष्ट ९ मा ठाउँ बनाएको थियो । १४ मिनेट लामो फिल्मले नेपालको पितृसत्तात्मक समाजमा विद्यामान कुरीतिलाई उजागर गरेको छ ।

फेस्टिभलको अन्तिम दिन प्रदर्शन भएको फिल्मले स्ट्यान्डिंग ओभेसन समेत पाएको थियो । निर्देशक अविनाश विक्रम शाहले नेपालमा विद्यमान बालविवाहलाई कथाको विषय बनाएका थिए । १२ वर्षकी बालिकालाई आमाले शान्त बनाउन लोरी सुनाइरहेकी छिन् । तर लोरी सकिएर बालिका यथार्थमा आउँछिन्, त्यहाँको परिस्थिति बेग्लै छ । मुख्यतया तीन कलाकारको अभिनय रहेको फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय रहेको छ । कान्समा तीनै जना अनुपस्थित थिए । 

शनिबार साँझ सकिएको कान्सको ७५ औँ संस्करणमा सर्ट फिल्मतर्फको पाम डी अर चिनियाँ फिल्म  ‘दि वाटर मरमर्स’ ले जितेको थियो । यो फिल्मलाई जियाइंग चेनले  निर्देशन गरेकी थिइन् । ‘लोरी’ बाहेक अविनाशको अर्को फिल्म ‘एलिफेन्ट इन दि फग’ पनि कान्सको मेन्टरसिप कार्यक्रममा छनोट भएको थियो । अन्डरग्राउन्ड टाकिजले निर्माण गर्ने यो फिल्मले ट्रान्सजेन्डरको कथा पेश गर्छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १ : ३३ बजे

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१