‘पोलको भाडा बढे इन्टरनेट शुल्क पनि बढ्छ’ | Khabarhub Khabarhub

‘पोलको भाडा बढे इन्टरनेट शुल्क पनि बढ्छ’


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले तय गरेको नयाँ पोलभाडा तिर्नुपरे इन्टरनेटको शुल्कमा वृद्धि हुने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

सेवा–प्रदायकहरुको ढाडै सेक्नेगरी प्राधिकरणले ल्याएको नँया भाडादरले ईन्टरनेटको शुल्क १५ देखि २० प्रतिशतसम्म बढ्नसक्ने उनीहरुले चेतावनी दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले हाल एक पोल वापत प्रति वर्ष १५० रुपैयाँ भाडा लिँदै आएको छ । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइएसपीएएन्) का अध्यक्ष भोजराज भट्ट भन्छन् ‘यहि आर्थिक वर्षदेखि लागुहुने गरी प्रति किलोमिटर तारको मोटाई अनुसार प्रति महिना २७ सय रुपैयाँसम्म भाडा प्राधिकरणले तय गरेको छ, भोली टेलिकमले पनि त्यही अनुसार भाडा लिएमा मूल्य वृद्धि गर्नुको कुनै विकल्प छैन । ’

अध्यक्ष भट्टले प्राधिकरणले भाँडा वृद्धि गरे अन्ततः त्यसको भार उपोभोक्तालाई पर्ने बताउँछन् । केही समय अघि विद्युत प्राधिकरण, दुरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीचको छलफलमा पोलभाडा व्यवस्थापन गर्न एक समिति गठन गर्ने निर्णय भएको थियो । समितिको निर्णय बिनै प्राधिकरणले पोल भाँडा बढाउने निर्णय गरेपछि इन्टरनेट प्रधायकहरु अक्रोशित बनेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : २९ बजे

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको