लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अति आवश्यक–गभर्नर नेपाल | Khabarhub Khabarhub

लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अति आवश्यक–गभर्नर नेपाल


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले ग्रामिण क्षेत्रको गरीबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पुर्‍याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि मर्जर अति आवश्यक भएकाले सुरु गरिएको स्पष्ट पारे ।

गभर्नर नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे । ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगी सकेको र बाँकि स्थानीय तहमा पनि यही असार भित्र बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ ।
कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए। समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर अभियानले ठूलो राहत दिएको उनको भनाइ छ ।

अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषि कर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बंंैकले गरेकोमा भने दुःख व्यक्त गरे ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : ५८ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर