सम्पर्कविहीन विमान खोज्दै सेना र प्रहरीको टोली | Khabarhub Khabarhub

सम्पर्कविहीन विमान खोज्दै सेना र प्रहरीको टोली


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी सोमबार बिहानैदेखि खटिएको छ ।

मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।

खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको करिब १००सुरक्षाकर्मी परिचालन भएका छन् ।

नेपाली सेना र निजी क्षेत्रको हेलिकप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि अपराह्न स्थलमार्गबाट गएका हुन् । कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन् । आज पनि कुहिरो लागेकाले हेलिकप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताएका छन्।

खोजी कार्यलाई सोमबार बिहानैबाट निरन्तरता दिइएको छ । सम्पर्कविहीन जहाजमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ७ : २४ बजे

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना

लस एन्जलस – अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी