उदयपुरमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु « Khabarhub

उदयपुरमा ट्रक दुर्घटना : ४ जनाको मृत्यु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

सिद्धीचरण लोकमार्गअन्तरगत पर्ने चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक गए राति कटारी नगरपालिका–१४ भदौरेमा दुर्घटनामा परेको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाकाअनुसार ट्रक मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बोकेर सोलुखुम्बु जाँदै थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ। ट्रक सडकबाट करिब एक सय मिटर खसेको छ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ९ : ०९ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ