नेपाल अफ्रिका फिल्म फेस्टिभल काठमाडौँमा सुरु « Khabarhub

नेपाल अफ्रिका फिल्म फेस्टिभल काठमाडौँमा सुरु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार ‘१० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल-२०२२’ सुरु भएको छ । फेस्टिभलमा नेपालसहित १५ देशका २६ फिल्म सहभागी छन् । जसमध्ये नेपालबाट १२ र विदेशबाट १४ वटा रहेका छन् । यो फेस्टिभल मंगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ ।

फेस्टिभलको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अफ्रिकाजस्तै पछाडि परेको महादेशबाट विगत १० वर्षदेखि फिल्म संकलन गरेर नेपालमा यो फेस्टिभल आयोजना गर्नु सराहनीय कार्य रहेको बताए ।

उनले विदेशी फिल्म देखाएर उठेको पैसाबाट चलचित्र विकास बोर्ड सञ्चालन गर्नुपर्दा नेपालमा विदेशी फिल्मको प्रवर्द्धन गर्न सहयोग पुगेको बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिभल संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको फिल्म संस्कृति आदान प्रदानकै लागि एक दशकदेखि आफूहरूले यो महोत्सव आयोजना गर्दै आएको बताइन् ।

प्रतिनिधि सभाकी सांसद मन जिसीले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानको लागि यो फेस्टिभल निकै उपयोगी हुने गरेको बताइन् ।

फेस्टिभल निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण फेस्टिभलमा विगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।

फिल्मकर्मी तथा पत्रकार आलोक तिवारी, पत्रकार ओमप्रकाश घिमिरे, गायक अलिप खान, गायिका सुजता केसी, निर्देशक कल्याण अधिकारी, सुजन तिमिल्सिना, बिना रानामगर, कञ्चन श्रेष्ठ, डिना थापामगर, सरस्वती पान्डे हमाल, प्रीति सोनी शाह, शुभद्रा देवी उदास, शोभा महर्जन, मुना थापामगर, शकुन्तला अवाले, शुभद्रा राई, रञ्जिता थापा र रमा गुर्मछान सम्मानित भए ।

फेस्टिभलको निर्णायकहरुमा संगीतकार जुगल डंगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी छन् ।

फेस्टिभलमा आइतबार बुर्किना फासोको फिचर फिल्म ‘आई अफ द साईलोन’, ऋषिराज आचार्यको सर्ट फिल्म ‘राईज’, देवेन्द्र खत्रीको सर्ट फिल्म ‘द डेलिभरी’, क्यामरुनको वृत्तचित्र ‘लेस मेलोडियस डु मओए’, अल्जेरियाको ‘ला चेम्बर’ र ‘मोरक्कोको घोष अफ स्पेश टाईम’ पनि प्रदर्शन गरियो ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १० : १० बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही