जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइँदै « Khabarhub

जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौँ ल्याइँदै


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

त्यसको भोलिपल्ट सोमबार बिहान सो जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले शव संकलन गरेको छ । हालसम्म १४ जनाको शव भेटिएको छ ।

जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । दुर्घटनाबारे छानबिन गर्न समिती गठन गर्ने तयारी सरकारको छ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र एअर होस्टेज किस्मी थापा थिइन् ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १२ : ५६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण