जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै « Khabarhub

जुम्लाका यार्सा पाटनमा भिडभाड, गाउँ बस्ती रित्तै


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाको मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरु भएपछि जुम्लाका अधिकांश ग्रामीण बस्ती रित्तिएका छन भने पाटन जानेको लर्को लागेको छ । 

यार्सागुम्बा संकलनको लागि  तातोपानी, गुठीचौर, तिला, पातारासीलगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ जाने गरेका छन् । १ जेठबाट जुम्ला पातारासी क्षेत्रका युवा मात्रै होइन युवायुवती र वृद्धवृद्धासम्म बच्चा बोकेर  पाटनतर्फ लागेका हुन् ।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सबै युवायुवती, वृद्धवृद्धा पाटनतिर गएको पातारासी गाउँपालिका-२ तल्फिका ५९ वर्षीय भैरव बोहोराले बताए । उनले भने, १८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा संकलन गर्न गएका छन् । तल्फी हुरीमहरी पेरे गडिगाउँ चौर छुमगाउँ सबैका  घरमा ताला लगाएर गएका छन् ।

खेतीपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने उनले बताए । यसले गर्दा स्थानीयवासीको मुख्य जीविकोपार्जनको  स्रोत नै जडिबुटी हो ।  घरको उत्पादनले  बाह्रै  महिना खाना पुग्दैन । घर खर्चदेखि बालबच्चालाई  स्कुल पढाउन लेखाउन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको  विकल्प छैन । बोहोराले भने, मकै, आलु, कोदो, चिन्नु गोडमेल  र घरायसी सबै  काम महिलाले गर्दछन् । घरको सबै  समान जोहो गर्न यार्साकै भर पर्नु पर्ने अवस्था छ ।

यार्सा टिप्न गएका सबै फर्किँदैन 
गाउँमा रोजगारीको कुनै उपाय नहुँदा जीविकोपार्जनका लागि यार्सा टिप्न पाटन  जानेमध्ये लेक लागेर बीचबाटोमै मृत्यु हुने समेत गरेको छ । ‘कसैले आम्दानी गरेर आउँछन्, कसैको ज्यानै गुमाउँछन्’ । पातारासी-२ का  ६८ वर्षीय कालीबहादुर सार्कीले भने, बढ्दो गरिबी र बेरोजगारीको कारणले ज्यानको बाजी राखेर यार्सा संकलन गर्न जाने गर्छन । यार्सा  टिप्न सक्नेले ५० हजारदेखि चार लाख सम्म  कमाउँछन् ।’ कोही उल्टै ऋण थपेर आँउछन् । उनले थपे  यो एउटा ठुलो युद्ध जित्नु र हार्नु बराबर मानिन्छ । प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांश नागरिक  ज्यान बाजी राखेर   पाटन जाने गरेका छन् । 

पाटन जानुअघि देवताको भाकल 
पातारासीका कालीबहादुर सार्कीका अनुसार हिन्दुधर्म परम्पराअनुसार पाटन जाने अघिल्लो दिन घरमा धामीझाँक्री बोलाएर देवता भाकल गरिन्छ । त्यही धामीले  दिन दिए अनुसार  पाटन जाने गरेका हुन्छन । धामीले  घर छोडेर जाने दिन, शुभ  छ अथवा अशुभ छ सबै जानकारी दिन्छन् । कतिपय धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन् । देवतासँग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक) लागेर  मर्ने गरेका छन् ।  

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : १४ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी