रक्सी पिएर सवारी चलाएको भन्दै पक्राउ परेका अमेरिकी सभामुखका पति रिहा « Khabarhub

रक्सी पिएर सवारी चलाएको भन्दै पक्राउ परेका अमेरिकी सभामुखका पति रिहा


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसी पक्राउ परेका छन् । मदिरा पिएर  गाडी चलाएको आरोपमा उनी पक्राउ परेको क्यालिफोर्निया राज्यको नापा काउन्टी क्रिमिनल जस्टिस नेटवर्कको पब्लिक बुकिङ रिपोर्टमा उल्लेख छ । 

पाउल नापा काउन्टीबाट शनिबार मध्यरातमा पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । केही घन्टापछि उनलाई जेल चलान गरिएको थियो ।

उनलाई दुईवटा मुद्दामा जेल पठाइएको जनाइएको छ । उनको रगतमा शून्य दशमलब शून्य ८ प्रतिशत अल्कोहल भेटिएको थियो ।

पब्लिक बुकिङ रिपोर्टका अनुसार पाउल पेलोसी पाँच हजार डलरमा जमानतमा आइतबार बिहान रिहा भएका थिए । पाउलका विषयमा सभामुख पेलोसीले कुनै टिप्पणी गरेकी छैनन् ।

सान फ्रान्सिस्को निवासी ८२ वर्षीय पाउल पेलोसीले सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका छन् । उनीहरूका पाँच सन्तान छन् । 

 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  २ : ३४ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज