ट्रक दुर्घटनामा चारको मृत्यु « Khabarhub

ट्रक दुर्घटनामा चारको मृत्यु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपाउवरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा आज बिहान सडकबाट अनियन्त्रित भई सय मिटर तल खस्दा घटनास्थलमै चारको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको सिमरा नगरपालिका–१ का ट्रकचालक ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय निकेश खड्का, बारा सिमराकै १७ वर्षीय अनोज लामा र अर्का ३७ वर्षीय राजन तामाङको मृत्यु भएको कार्यलयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । 

घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यलय कटारीको टोलीले मृतकको शव सङ्कलन गरी परीक्षणको लागि कटारी अस्पताल लगेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : ३१ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही