सामाजिक कथामा ‘आँखा’ बन्ने घोषणा  « Khabarhub

सामाजिक कथामा ‘आँखा’ बन्ने घोषणा 


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक कथामा बन्न लागेको फिल्म ‘आँखा’ औपचारिक घोषणा भएको छ । जौन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो । फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक भएका छन् । निर्देशक योञ्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाषी मुख्य भूमिकामा रहनेछन् ।

No description available.

कार्यक्रममा बोल्दै निर्देशक योञ्जनले ‘आँखा’ ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए । कथाको बारेमा नखुलेका योञ्जनले टिम राम्रो बनेको भन्दै उत्कृष्ट प्रस्तुति दर्शकमाझ ल्याउने र आँखाबाट दर्शकलाई शीतलता प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने विश्वास उनको छ ।

अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफूले नयाँ भिजन र क्रियशन भएका मेकरहरुसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । निशाले एउटा भेटमै स्क्रिप्ट चित्त बुझेपछि यो फिल्म गर्न तयार भएको भन्दै मेहनती टिम रहेकोले फिल्म राम्रो बन्नेमा आशा व्यक्त गरिन् । 

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : ४७ बजे

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित