चाडको सुनखानीमा कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु « Khabarhub

चाडको सुनखानीमा कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक चाडको उत्तरी क्षेत्रमा रहेको सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।

कामदारबीच भएको झडपमा परी १०० जनाको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् ।

लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।

उक्त झडप चाडको राजधानी जामेनाबाट करिब १,००० किलोमिटर मध्य सहारा मरुभूमिको टिबेस्टी पहाडी इलाकामा भएको जनाइएको छ ।

त्यस क्षेत्रमा सुनको खोजी गर्न चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाव र झडप हुने गरेको बताइन्छ ।
झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग सो क्षेत्रबाट फोनमा कुरा गर्दै यसबारे जानकारी दिएका हुन् ।

‘यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भने । यस क्षेत्रका बहुसंख्यक खानीहरू अवैधरूपमा सञ्चालित रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : ५२ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको