सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ « Khabarhub

सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन्। अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए।

केन्द्रीय अनुसन्धान व्युरो ९सीबीआई०ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो।

आम आद्मीले उनको पक्राउको विरोध गरेको छ।दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उदेश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन्। जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज हुन्।

केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो।

भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने आम आद्मीले उद्घोष गर्दै आएको छ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ६ : ४७ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ