सी डिभिजन लिगमा अन्तिम चरणका खेल दशरथ रङ्गशालामा खेलाइने | Khabarhub Khabarhub

सी डिभिजन लिगमा अन्तिम चरणका खेल दशरथ रङ्गशालामा खेलाइने


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- सहिद स्मारक सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२ औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाउने भएको छ । 

विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । 

लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार हुने खेलमा आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल दशरथ रङ्गशालामा दिउँसो साढे १२ बजे सुरु हुनेछ । 

यस्तै सोही समय ओसिस क्लब र प्लानिङबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा हुनेछ ।  अन्तिम खेलमा अपरान्ह साढे ३ बजे विजेता झापा र स्वयम्भू क्लबबीच भिडन्त हुनेछ । 

जारी लिगमा झापा ३१ अंकसहित शीर्षस्थानमा छ । प्लानिङ र आरसी ३२ समान २८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।  

यसअघि नै पुछारमा रहँदै ओसिस क्लब र वीरगञ्ज युथ एकेडेमी रेलिगेशनमा परिसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ५ : २५ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने