घाइतेको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

घाइतेको हेलिकप्टरमार्फत उद्धार


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार (काली) गम्भीर घाइते हुनुभएको छ । परियारको अवस्था गम्भीर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरी उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

परियारलाई रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा पोखरा लगिएको हो । घाइते चालकसहित ११ यात्रुको अवस्था खतरामुक्त रहेको र उनीहरुको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

घाइतेलाई गलेश्वरमा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी युवा र स्थानीयवासीले तत्काल उद्धार गरी बेनी अस्पताल ल्याइएको थियो । गलेश्वरदेखि उकालो बाटोमा जाँदै गरेको जीप दुर्घटना हुनाको कारण खुल्न सकेको छैन । घाइतेको टाउको, छाति र हातखुट्टामा बढी चोट लागेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ९ : ०५ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको