अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम | Khabarhub Khabarhub

अजित कुमारको ‘वेदलम’ रिमेकमा जोन अब्राहम


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता जोन अब्राहम यतिबेला फिल्म ‘बाटला हाउस’ को छायांकनमा व्यस्त छन् । यसका अलावा ‘सत्यमेव जयते २’ र ‘पागलपन्ती’ को तयारीमा छन् । हाल खबर बाहिरिएको छ कि, जोन अब्राहम अब नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् ।

खबरका अनुसार दक्षिण भारतीय फिल्म ‘वेदलम’ को रिमेकमा जोन अब्राहमले अभिनय गर्ने भएका छन् । वास्तविक फिल्ममा दक्षिण भारतीय अजित कुमारले अभिनय गरेका थिए ।

भारतीय मिडियाका अनुसार भुषण कुमार निर्माण गर्नेछन् । यो फिल्मको हिन्दी रिमेक बनाउन उनले अनुमति लिइसकेका छन् । यो फिल्ममा काम गर्नमा चासो देखाएका छन् । फिल्मको निर्देशन कसले गर्ने र अन्य कलाकार को को हुने भन्ने भने अझै तय भएको छैन ।

दक्षिण भारतीय फिल्म ‘वेदलम’ मा अजितसँगै श्रुति हसन पनि देखिएकी थिइन् । यो फिल्मको बंगला भाषामा पनि रिमेक भइसकेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ११ बजे

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर

चाडपर्व छाडेर काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर– हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै