'फाइनलिसिमा' : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज | Khabarhub Khabarhub

‘फाइनलिसिमा’ : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- युरोपेली र दक्षिण अमेरिकी फुटबलका विजेताबीच आयोजना गर्न लागिएको ‘फाइनलिसिमा’ खेलमा बुधबार अर्जेन्टिना र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ ।

बेलायतको लन्डनस्थित वेम्बली स्टेडियममा अर्जेन्टिना र इटाली आमने सामने हुनेछन् । दुबै टोली नेपाली समयअनुसार राति साढे १२ बजे मैदान उत्रिनेछन् ।

इटालीले पछिल्लो संस्करणको युरोकप जित्दै तथा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दै फाइनलिसिमामा ठाउँ पक्का गरेका हुन् ।

सन् २०२० को युरोकप फाइनलमा इटालीले इङ्ल्याण्डलाई पेनाल्टीमा पराजित गर्दै उपाधि जितेको थियो । यता अर्जेन्टिनाले भने फाइनलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो ।

फाइनलसिमा ठिक ९० मिनेटको लागि खेलाइन्छ । निर्धारीत समयसम्म खेल बराबरीमा सकिएको खण्डमा भने विजेताको निर्णयका लागि पेनाल्टी सुट आउटबाट हुनेछ ।

युरोपेली फुटबल महासंघ युएफा र दक्षिण अमेरिकी फुटबल महासंघ कोन्मेबोलको समन्वयमा फाइनलिसिमाको आयोजना गरिएको हो । २०२२ को खेल फाइनलिसिमाको तेस्रो संस्करण हुनेछ ।

यसअघि सन् १९८५ मा फ्रान्सको पेरिसमा भएको पहिलो संस्करण फ्रान्सले जितेको थियो । सन् १९९३ मा अर्जेन्टिनाको मार देल प्लाटामा भएको दोस्रो संस्करण भने अर्जेन्टिनाले जितेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

‘प्रजातान्त्रिक समाजवाद’ को विकल्प खोज्दै गगन थापा

काठमाडौं– नेपालको ७५ वर्ष पुरानो पार्टी नेपाली कांग्रेसले वीपी कोइरालाद्वारा

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा – विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा

भारत–पाकिस्तान तनावबीच पाकिस्तानको दोस्रो क्षेप्यास्त्र परीक्षण

इस्लामाबाद– कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक

प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को सेवा आयोगले