नेपाली कारगारका लागि फुटबल कार्यक्रम सार्वजनिक « Khabarhub

नेपाली कारगारका लागि फुटबल कार्यक्रम सार्वजनिक


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कारगारमा रहेका बन्दीहरुको सशक्तीकरणका लागि फुटबल कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेपालले एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सेल्टर आश्रय नामक गैर सरकारी संस्थाले फुटबल कार्यक्रमको आयोजना गर्न लागेको हो ।

फुटबलका माध्यमबाट समाजमा कैदीहरुको पुनस्र्थापना कार्यक्रमअन्तर्गत कारगार फुटबल आयोजना गर्न लागिएको जनाइएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव इन्द्रमान तुलाधार र शेल्टर आश्रयाका अध्यक्ष खुश्बु ओलीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा फुटबलमार्फत कैदीको क्षमता निर्माण गर्ने लक्ष्य रहेको ओलीले जानकारी दिए । कैदीहरुमा खेलाडी, रेफ्री र प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आत्मविश्वास वृद्धि गर्दै पछिल्लो गैरकानुनी जीवनमा फर्कानबाट रोक्न लक्ष्य रहेको जनाइएको छ ।

यसले मानसिक स्वास्थ्य र समाजिक सुधारको लागि काम गर्ने इच्छाको विकास गर्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले एक वर्षमा ४८ खेलाडी, ३२ रेफ्री तथा ३२ प्रशिक्षकलाई तालिम दिने योजना रहेको छ । कार्यक्रमको पहिलो चरण जुन ५ देखि नेभेम्बर ३० सम्म सञ्चालन हुनेछ ।

यस चरणमा २४ खेलाडी, १६ रेफ्री तथा १६ प्रशिक्षकलाई तालिम प्रदान गरिनेछ । दोस्रो चरण भने सन् २०२३ को डिसेम्बर १ देखि मेसम्म सञ्चालन हुनेछ । तालिमको अन्त्यमा प्रशिक्षकले डी लाईसेन्स, रेफ्रीले क्याटेगोरी आईभी सर्टिफिकेट र खेलाडीले सहभागी भएको प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ३४ बजे

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

दशरथचन्द– जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान

नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं– नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु गरेको

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्मको छुट

काठमाडौं– एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरूको खरिदमा ६०

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको