नेपाली कारगारका लागि फुटबल कार्यक्रम सार्वजनिक « Khabarhub

नेपाली कारगारका लागि फुटबल कार्यक्रम सार्वजनिक


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कारगारमा रहेका बन्दीहरुको सशक्तीकरणका लागि फुटबल कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेपालले एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सेल्टर आश्रय नामक गैर सरकारी संस्थाले फुटबल कार्यक्रमको आयोजना गर्न लागेको हो ।

फुटबलका माध्यमबाट समाजमा कैदीहरुको पुनस्र्थापना कार्यक्रमअन्तर्गत कारगार फुटबल आयोजना गर्न लागिएको जनाइएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव इन्द्रमान तुलाधार र शेल्टर आश्रयाका अध्यक्ष खुश्बु ओलीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा फुटबलमार्फत कैदीको क्षमता निर्माण गर्ने लक्ष्य रहेको ओलीले जानकारी दिए । कैदीहरुमा खेलाडी, रेफ्री र प्रशिक्षक शिक्षा कार्यक्रममार्फत आत्मविश्वास वृद्धि गर्दै पछिल्लो गैरकानुनी जीवनमा फर्कानबाट रोक्न लक्ष्य रहेको जनाइएको छ ।

यसले मानसिक स्वास्थ्य र समाजिक सुधारको लागि काम गर्ने इच्छाको विकास गर्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमले एक वर्षमा ४८ खेलाडी, ३२ रेफ्री तथा ३२ प्रशिक्षकलाई तालिम दिने योजना रहेको छ । कार्यक्रमको पहिलो चरण जुन ५ देखि नेभेम्बर ३० सम्म सञ्चालन हुनेछ ।

यस चरणमा २४ खेलाडी, १६ रेफ्री तथा १६ प्रशिक्षकलाई तालिम प्रदान गरिनेछ । दोस्रो चरण भने सन् २०२३ को डिसेम्बर १ देखि मेसम्म सञ्चालन हुनेछ । तालिमको अन्त्यमा प्रशिक्षकले डी लाईसेन्स, रेफ्रीले क्याटेगोरी आईभी सर्टिफिकेट र खेलाडीले सहभागी भएको प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ३४ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको