दलहरुको विश्वास जित्न बालेनको सक्रियता ? | Khabarhub Khabarhub

दलहरुको विश्वास जित्न बालेनको सक्रियता ?


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह अन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो । प्राय भेटवार्ता हुँदा यसबारे जारीकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो ।

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता र कार्यकर्ताले बालेनको बालकोट यात्रालाई ‘शुभ संकेत’ को रुपमा अर्थ लगाउँदै बाधई एवं शुभकामना दिए ।

स्थापितलाई बलियो र बालेनलाई तेस्रो स्थानमा राखेका कतिपय एमाले नेता कार्यकर्ता उनको धमाकेदार जितबाट महानगरमा पार्टीको अवस्थालाई लिएर निराश बनिरहेको बेला ओलीसँग बालेनको भेटको फोटो सार्वजनिक हुँदा खुसी मनाएका थिए ।

उनै बालेन आज नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे ।

काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापतिसँग बालेनले काम गर्न सहयोगको मागे । देउवाले पनि पूर्ण रुपमा सहयोग हुने वचन दिए । यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले ‘बबाल’ गरेको र बालेनको काममा भाँजो हाल्न सक्ने उनका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिए ।

बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रुपमा विजयी भएका कारण सवैको हुन खोजेको र सवैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिन खोजेका छन् ।

महानगरमा दिग्गज राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उनले कच्चा राजनीतिक व्यवहान नगर्ने संकेत पछिल्ला ‘मुभ’ले देखाएको छ । नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ ।

स्वतन्त्र रुपमा चुनाव जितेका उनले महानगरको नेतृत्वमा सहजसँग रहन र विकासका लागि दलहरुलाई समेत विश्वास लिन खोजिरहेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १० : २३ बजे

श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता दिसानायके विजयी

काठमाडौं – श्रीलंकाको राष्ट्रपति निर्वाचनमा जित निकाल्दै मार्क्सवादी नेताले इतिहास

कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार

सिन्धुली– करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट

नेपालको अर्थतन्त्र सुधार हुँदैछ : आइएमएफ उपनिर्देशक

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष

सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा  टेक बहादुर बोहरा