बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

बैठकमा प्रदेशसभाका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका सात, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का आठ, विवेकशील साझा पार्टीका दुई, राप्रपाका दुई र नेमकिपाका एक जना प्रदेशसभा सदस्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजावादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।

उनीहरुले विगतमा चार वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजना नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहीवार बिहान ८ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ४६ बजे

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले

‘ओ एण्ड एम’ सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…

काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२/०८३ को

कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्डे पे‘लिउ र

विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति

काठमाडौं– राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।