बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल « Khabarhub

बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

बैठकमा प्रदेशसभाका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका सात, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का आठ, विवेकशील साझा पार्टीका दुई, राप्रपाका दुई र नेमकिपाका एक जना प्रदेशसभा सदस्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजावादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।

उनीहरुले विगतमा चार वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजना नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए ।

प्रदेशसभाको अर्को बैठक भोलि बिहीवार बिहान ८ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ४६ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते