कमल थापाद्वारा वैकल्पिक मार्गचित्र प्रस्तुत « Khabarhub

कमल थापाद्वारा वैकल्पिक मार्गचित्र प्रस्तुत


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनतामाझ राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गरेका छन् । हेटौँडामा राप्रपा नेपाल मकवानपुरले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गरेका हुन् ।

उनले भने, ‘अहिले देश नीतिगत, संरचनागत, आर्थिक दिशा अन्योलग्रस्त छ, सही दिशामा गइरहेको छैन ।’ विसं २००७ देखिको हालसम्मको राजनीतिक इतिहास हेर्ने हो भने हरेक १५/२० वर्षमा संविधान बदलिएकाले राजनीतिक स्थिरता नभएकाले संसदीय व्यवस्था पनि स्थायित्व नभएको यथार्थ रहेको तथा बहुदलीय व्यवस्था भए पनि सत्तामा जाने दलले राज्यको हरेक संवैधानिक अङ्गलाई आफ्नो अनुकूल बनाइ राज्य सत्तामा पकड बनाउँदा संसदीय व्यवस्थाले अपेक्षाअनुसार काम गर्न नसकेको अध्यक्ष थापाको भनाइ छ ।

उनले शासन व्यवस्था प्रजातान्त्रिक भए पनि देशको आर्थिक अवस्था जनताले अपेक्षा गरेअनुसार उपलब्धि हुन नसकेको, राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार मौलाएका कारण देश कमजोर हुँदै गएकाले देशलाई सही दिशानिर्देश गर्न राप्रपा नेपालले देशभरि वैकल्पिक मार्गचित्र लिएर जनतामाझ आएको जिकिर गरे ।

उनले वैकल्पिक मार्गचित्रबारे जानकारी दिँदै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक आधारमा निर्वाचित संसद्को व्यवस्था, उदार अर्थतन्त्र, पारदर्शी जवाफदेही भ्रष्टाचारमुक्त प्रशासन, लोककल्याणकारी ग्रामीण अर्थतन्त्रमा सरकारको भूमिका, निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थव्यवस्था सञ्चालन गर्ने व्यवस्थाबाट देश सही दिशामा जाने दाबी गरे ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ११ : ४१ बजे

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको