स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा « Khabarhub

स्कटल्याण्डलाई हराउँदै युक्रेन प्लेअफको फाइनलमा


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोप विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डलाई पराजित गर्दै युक्रेन प्लेअफको फाइनलमा पुगेको छ।​

बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक-एक गोल गरेका थिए।

खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३-१ को सहज जित दिलाए । दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । तर, रुस र युक्रेनबीचको युद्दको कारण ढिला भएको हो ।

अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । दुबैबीचको खेल जुन ५ मा हुने छ।विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् ।

युरोपबाट यसअघि १२ देश जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्याण्ड छनोट भैसकेका छन्।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई