गुठी सम्बन्धी विधेयक पारित हुन नदिने सभापति देउवाको चेतावनी « Khabarhub

गुठी सम्बन्धी विधेयक पारित हुन नदिने सभापति देउवाको चेतावनी


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी सम्बन्धी विधेयक कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएका छन् ।

सभापति देउवाले नेपालको सस्कृति, सभ्यता र संस्कारसँग प्रत्यक्ष जोडिएको सो विधेयकविरुद्ध जनता स्वतःस्फुर्त रुपमा उत्रेको उल्लेख गर्दै आफ्नो पार्टीले पनि त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे ।

नेपाल सांस्कृतिक संघले शुक्रबार हेटौडामा आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोग विधेयक पनि सरकारले लोकतन्त्र र प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याएको भन्दै मान्य नहुने पार्टीको अडान रहेको दोहोर्‍याए ।

सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकाले आफ्नो पार्टीले विरोध गरिरहनु परेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ८ : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन