‘पुटिन–जेलेन्स्की भेटवार्ताको सम्भावना कायमै’ : क्रेमलिन « Khabarhub

‘पुटिन–जेलेन्स्की भेटवार्ताको सम्भावना कायमै’ : क्रेमलिन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ताको सम्भावना अझै कायम रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार दुई राष्ट्रपतिबीचको भेटवार्ताको सम्भावना अझै मरिसकेको छैन ।

यद्यपि यसका लागि दुबै पक्षले पूर्वतयारी गर्नुपर्ने पेस्कोभको भनाइ छ । उनले शान्ति सम्झौताको दस्तावेजमा काम हुन छाडेको धेरै लामो समय भइसकेको उल्लेख गर्दै त्यो अझै सुरु नभइसकेको समेत टिप्पणी गरे ।

पेस्कोभले रुसी अधिनमा रहेका खेर्सन, जापोरिजिया र डोनबासजस्ता युक्रेनी क्षेत्रहरुलाई आफ्नो भविष्य निर्धारण गर्ने अधिकार रहेको उल्लेख गर्दै उनीहरुले ‘उत्कृष्ट निर्णय’ गर्ने मा कुनै शंका नरहेको समेत बताए ।

यसअघि युक्रेनी पक्षले रुसले युक्रेनी भूभागलाई आफ्नो मुलुकमा गाभ्न खोजेकोे खण्डमा शान्ति वार्ता समाप्त हुने चेतावनी दिएको थियो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गरी छलफल गर्न चाहेको बताउँदै आएका छन् ।

यसअघि रुसी पक्षले यसबारे चासो देखाएको थिएन । यद्यपि पछिल्लो समय भने क्रेमलिनले दुई राष्ट्रपतिबीच भेटवार्ताको सम्भावना कायमै रहेको जनाएको हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : ४४ बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका