रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’ « Khabarhub

रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । पछिल्लो समय  ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । यद्यपि प्रोजेक्ट मेकिङ्गमा हतार नगरिने रमेशले बताए ।  

उनले फिल्मलाई बनाउन कुनै सम्झौता नगर्ने उल्लेख गर्दै नेपालीपन बोकेको फिल्म बनाउने बताए । फिल्म बनाउन हतार छैन ।  अहिले स्क्रिप्टको काम नै भइरहेको छ । हामीले स्तरीय फिल्म बनाउने सोच अनुसार काम गरिरहेका छौँ । अब दर्शक एडभान्स भइसकेका छन् । त्यसैले फिल्म हल्का रुपमा बनाउनु हुँदैन रमेशले भने ।  

उनले लेखनको काम सकाएर मात्र अन्य पक्षमा ध्यान दिने बताए । उनका अनुसार फिल्मको प्रि-प्रोडक्सनमा राम्रो समय लाग्ने छ ।  प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने सम्भावना रहेता पनि हतार नगर्ने रमेशको भनाइ छ । ‘प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ रमेशले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्टसँगै कास्टिङ लगायतको काम समेत भइरहेको उनले बताए । रमेशले निर्माण तथा अभिनय गरेको पछिल्लो फिल्म ‘ऐश्वर्य’ ले राम्रो व्यापार गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ०२ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति र एमालेका नेताको छुट्टै भेला आश्चर्यजनक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग