दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक: वरिष्ठ नेता पौडेल « Khabarhub

दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक: वरिष्ठ नेता पौडेल


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको आज निरीक्षण गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण भइरहेको सभागृहको वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन् । वरिष्ठ नेता पौडेलले सभागृहको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।

वरिष्ठ नेता पौडेलले सभागृह आसपास रहेको खाली जग्गामा उद्यान निर्माणका लागि चासो व्यक्त गरेका थिए । सभागृहको बाहिरपट्टि रहेको ठाउँमा हरियाली उद्यान, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण गर्नुपर्नेमा पौडेलले जोड दिए । “दमौलीको सौन्दर्यकरणका लागि पनि हरियाली पार्क आवश्यक छ, प्रशासन कार्यालयको पुरानो भवन भत्काएर पानीको फोहोरासहितको पार्क बनाउनुपर्छ”, पौडेलले भने ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले सभागृह बाहिरको ठाउँमा वृक्षरोपणका लागि वन कार्यालयले सहयोग गर्ने बताए । निरीक्षणमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी थिए । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा भवन निर्माण भएको थियो । 

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । ७५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : ४८ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक