लन्डन टु पेरिस : साम्राज्ञीको जोडी बन्दै निश्चल  « Khabarhub

लन्डन टु पेरिस : साम्राज्ञीको जोडी बन्दै निश्चल 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग डेब्यु अभिनेता निश्चल खड्काले अभिनय गर्ने भएका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको जोडी बन्दै निश्चललाई डेब्यु गराउन लागिएको हो । किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार निश्चल फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो ।

अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली फिल्म गर्न भनी नेपाल आएका निश्चलले केही बिज्ञापनमा मोडलिङ समेत गरेका छन भने अस्ट्रेलियामा बस्दा पनि केही मोड्लिङ इभेन्टमा भाग लिएका थिए । यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा गरिमा शर्मा र कबिर खड्काको पनि अभिनय रहनेछ । निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाँकी कलाकारहरू लन्डनबाटै लिइने छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्मका कलाकारलाई केही दिन यता नाट्यकर्मी सरिता गिरिले वर्कसप गराइरहेकी छन । फिल्को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १ : ५० बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती