कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड « Khabarhub

कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फर्स्ट फ्लाएर्स फिल्म अवार्ड(०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ ।

यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा २०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुने छन् ।

२३ विधा रहेको अवार्डमा उत्कृष्ट अभिनेता,उत्कृष्ट अभिनेत्री,उत्कृष्ट निर्देशक,उत्कृष्ट फिल्म,उत्कृष्ट संगीतकार,उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट पार्श्व गायिका,उत्कृष्ट कथा,पटकथालगायत लाइफ टाइम अचिभ्मेन्ट अवार्ड,पब्लिक च्वाइस अभिनेता,अभिनेत्री,जुरी लगायत प्रमुख विधा छन् ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए ।

अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रवीन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी ९सिपी०, एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविन राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

अवार्डमा प्रदेश १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २०० बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ०१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६