आइसीसी विश्वकप क्रिकेट : इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो « Khabarhub

आइसीसी विश्वकप क्रिकेट : इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याडले तेस्रो जीत निकालेको छ । गएराति साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्‍यो ।

द रोस बल ओभलमा वेष्ट इण्डिजले दिएको २ सय १३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभर १ बलमा २ विकेटमात्र खर्चिएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा अलराउण्डर प्रदर्शन गरेका जोय रुटले शतकीय इनिङ्स खेले । अविजित रहेका रुटले ९४ बलमा ११ चौकासहित १०० रन बनाए । जारी विश्वकपमा रुटको यो दोस्रो शतक हो ।

योसंगै रुट एकै विश्वकपमा २ शतक प्रहार गर्ने दोस्रो इन्ग्लिश खेलाडी बने । यसअघि केभिन पिटरसनले एकै विश्वकपमा २ शतक बनाएका थिए ।

यस्तै जोनी ब्रैस्टोले ४५ तथा क्रिस वोक्सले ४० रन बनाए । बेन स्टोक्स १० रनमा अविजित रहे । वेष्ट इण्डिजका टेरी गाब्रिलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो ।

खराब सुरुवात गरेको वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिम्रन हिटमायरले ३९ रन जोड्दा क्रिस गेलले ३६ रन बनाए । आन्द्रे रुसेल २१ रनमा आउट भए ।

इंग्ल्याण्डका आर्चर जोफ्रा र मार्क उडले ३/३ विकेट लिए । त्यस्तै जोय रुटले २ विकेट लिए ।

जितसंगै इंग्ल्याण्डले ४ खेलबाट ६ अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । छैटौं स्थानको वेष्ट इण्डिजको यो दोस्रो हार हो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : १८ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले