आइसीसी विश्वकप क्रिकेट : इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो « Khabarhub

आइसीसी विश्वकप क्रिकेट : इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याडले तेस्रो जीत निकालेको छ । गएराति साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्‍यो ।

द रोस बल ओभलमा वेष्ट इण्डिजले दिएको २ सय १३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभर १ बलमा २ विकेटमात्र खर्चिएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा अलराउण्डर प्रदर्शन गरेका जोय रुटले शतकीय इनिङ्स खेले । अविजित रहेका रुटले ९४ बलमा ११ चौकासहित १०० रन बनाए । जारी विश्वकपमा रुटको यो दोस्रो शतक हो ।

योसंगै रुट एकै विश्वकपमा २ शतक प्रहार गर्ने दोस्रो इन्ग्लिश खेलाडी बने । यसअघि केभिन पिटरसनले एकै विश्वकपमा २ शतक बनाएका थिए ।

यस्तै जोनी ब्रैस्टोले ४५ तथा क्रिस वोक्सले ४० रन बनाए । बेन स्टोक्स १० रनमा अविजित रहे । वेष्ट इण्डिजका टेरी गाब्रिलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४४ ओभर ४ बलमा अलआउट हुँदै २१२ रन बनाएको थियो ।

खराब सुरुवात गरेको वेष्ट इण्डिजका लागि निकोलस पुरनले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सिम्रन हिटमायरले ३९ रन जोड्दा क्रिस गेलले ३६ रन बनाए । आन्द्रे रुसेल २१ रनमा आउट भए ।

इंग्ल्याण्डका आर्चर जोफ्रा र मार्क उडले ३/३ विकेट लिए । त्यस्तै जोय रुटले २ विकेट लिए ।

जितसंगै इंग्ल्याण्डले ४ खेलबाट ६ अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । छैटौं स्थानको वेष्ट इण्डिजको यो दोस्रो हार हो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : १८ बजे

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–०

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)